×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

पीएम कप क्रिकेट : उपाधिका लागि पुलिस र एपीएफ भिड्दै

पीएम कप क्रिकेट : उपाधिका लागि पुलिस र एपीएफ  भिड्दै

काठमाडौं - प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज बुधबार हुँदैछ ।

टियु क्रिकेट मैदानमा हुने फाइनलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । एपीएफ र पुलिसबीचको फाइनल खेल बिहान १० बजे सुरु हुनेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख र उप-विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

एपीएफ र पुलिस दुबै टिम उपाधि जित्ने योजनासहित मैदान उत्रने छन् । त्यसैले फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

एपीएफले दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएर पुलिससँगको भेट पक्का गरेको हो । एपीएफले साविक विजेता समेत रहेको आर्मीलाई ४७ रनले हराएको हो ।

पुलिसले भने पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई हराएको थियो । फाइनल पुग्ने क्रममा पुलिसले बागमतीलाई ५० रनले पराजित गरेको हो । 

यस अघि एकदिवसीय फर्म्याटमा हुँदै आएको पीएम कप यस पटक भने टी-ट्वान्टी फर्म्याटमा भएको हो । 

ओमानमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटलाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले टी-ट्वान्टी फर्म्याटमा प्रतियोगिता गर्न गरेको हो ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्