धनगढीमा श्री कलेक्सन प्रिमियम बुटिक सञ्चालनमा आएको छ । शनिवार औपचारिक रूपमा उद्घाटन गर्दै बुटिक सञ्चालनमा आएको हो । अभिनेत्री दीपिका प्रसाईँ र निर्देशक दिवाकर भट्टराईले रिबन काटेर उद्घाटन गरेका हुन् । अभिनेत्री प्रसाईँले सफलताको शुभकामना दिएकी थिइन् ।
कविता सिवाकोटीले सञ्चालनमा ल्याएको बुटिक ७० लाख लगानीमा सुरु गरिएको हो ।