। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीईओ चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन् ।
धितो पत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना समेतको उपस्थितिमा अर्थ मन्त्रालयमा साउदले मंगलबार ४ बजे राजीनामा दिएका हुन् ।
कार्यकाल सकिन २ महिना मात्रै बाँकी रहेका साउद सर्वोत्तम सीमेन्ट कम्पनीको सेयरको इन्साइडर ट्रेडिङमा संलग्न हुँदा विवाद भएपछि उनले राजीनामा दिएका हुन् । उनले आफ्नी श्रमतिको नाममा उक्त कम्पनीकाे सेयर किनेका थिए ।
‘बुक विल्डिङ’ विधिबाट मूल्य निर्धारण गरी आईपीओ जारी गर्ने तयारीमा रहेको उक्त कम्पनीको सेयरमा नियामक निकायमै प्रमुखले कारोबार गरेको पाइएपछि यसबारे विवाद बढेको थियो ।
उनले आफूले कानुनी दायरा नमिचेको दाबी गरेका छन् । अनुसन्धानलाई सघाउन पदबाट राजीनामा दिएको उनको भनाइ छ ।