×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उत्तराखण्डमा घर भत्किँदा दुई जना नेपालीको मृत्यु

उत्तराखण्डमा घर भत्किँदा दुई जना नेपालीको मृत्यु

काठमाडौँ - भारतको उत्तराखण्डको चामोली जिल्लाको हेलाङमा घर भत्किँदा दुई नेपाली नागरिकको मृत्यु भएको छ । घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार राति करिब ८ बजे दुई तले घर भत्किँदा घरमा सात जना बासिरहेका थिए । घटना लगत्तै उद्धारको काम सुरु गरिएको थियो ।

उनीहरू मध्ये एक जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको द ट्रिब्युन इन्डियाले जानकारी दिएको छ । 

उद्धार गरिएका अन्य पाँच जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

क्रसर उद्योग नजिक बनाइएको उक्त घरमा त्यहाँको कामदार बस्ने गरेका थिए । मृतकको नाम १९ वर्षीय अनमोल र २१ वर्षीय प्रिन्स भनेर मात्र खुलाइएको छ । यो वर्षको सुरुवातमा भारी वर्षा र पहिरोका कारण सो क्षेत्रका घरहरूमा क्षति पुगेको थियो ।

प्रतिकृया दिनुहोस्