×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

चिकित्सा शिक्षा आयोगले तोक्यो परीक्षा सञ्चालन शुल्क

चिकित्सा शिक्षा आयोगले तोक्यो परीक्षा सञ्चालन शुल्क

काठमाडौँ- चिकित्सा शिक्षा आयोगले आफ्नो मातहतका कलेजहरूमा सञ्चालन हुने परीक्षाको शुल्क निर्धारण गरेको छ । आइतबार आयोग र आयोगबाट सम्बन्धन प्राप्त कलेजका प्रतिनिधिहरुबीच भएको छलफलमा उक्त शुल्क निर्धारण गर्ने सहमति भएको हो ।

‘विभिन्न विश्वविद्यालय मातहतका कलेजहरूबाट लिइने परीक्षा सञ्चालन शुल्कलाई आधार मानी यस अध्ययन संस्थान अन्तर्गतका सम्बन्धन प्राप्त कलेजहरूलाई समेत सोही अनुरूपको शुल्क कायम गर्ने निर्णय भएको हुँदा तपसिल बमोजिमको शुल्क निर्धारण गरी कार्यान्वयनका लागि पठाइएको ब्यहोरा अनुरोध गर्दछ।,’ आयोगको विज्ञप्तिमा भनिएको छ  ।

आयोगले एमडी, एमएस, एमडीएस,डिएम, एमसिएच कार्यक्रमको नियमित परीक्षा सञ्चालनका लागि १ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ ।  भने यिनै विषयहरूको आंशिक परीक्षाका लागि १ लाख १५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

यस्तै मास्टर नर्सिङ लगायत अलायन्स साइन्स कार्यक्रमको नियमित परीक्षा सञ्चालनका लागि १ लाख र आंशिक परीक्षाका लागि ७५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

 
 

प्रतिकृया दिनुहोस्