×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नयाँ दल र सांसदहरु संसद्को पुँजी हो : प्रधानमन्त्री प्रचण्ड

नयाँ दल र सांसदहरु संसद्को पुँजी हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा आएका नयाँ दल र सांसदहरु संसद्को पुँजी भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले नयाँ दलले संसदमा प्रतिनिधित्व गर्नु लोकतन्त्र र नागरिक सम्प्रभुताको जित भएको पनि बताए ।

‘विना ईर्ष्या मनैदेखि भन्न चाहन्छु । यो लोकतन्त्र र नागरिक सम्प्रभुताको जित हो, उहाँहरूमा केही गरौँ भन्ने हुटहुटी छ । यो संसद्को पुँजी हो, तपाईँहरूलाई हृदयदेखि नै स्वागत छ’ उनले भने ।

मुलुकमा केही हुँदैन भन्ने हीन भावना भएका बेला गरे के हुँदैन भन्ने भावना जगाउनुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

उनले आफूहरूलाई समस्या केलाएर बस्ने मात्र छुट नभएको भन्दै समाधानको सूत्र पहिल्याउनुपर्ने बताए । ‘म आशावादी छु । यो प्रतिनिधिसभा सार्थक संवादको थलो बन्ने छ । हाम्रो अभ्यासमा जनताले गौरव गर्ने वातावरण बन्नेछ । राष्ट्रको आवश्यकताको बारेमा विवेकपूर्ण निर्णय लिन सक्नेछौँ’ उनले भने ।

प्रतिकृया दिनुहोस्