×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

सर्लाही : प्रहरी भ्यानको ठक्करबाट व्यापारीकाे ज्यान गयो

सर्लाही : प्रहरी भ्यानको ठक्करबाट व्यापारीकाे ज्यान गयो

सर्लाही – प्रहरी भ्यानको ठक्करबाट व्यापारीको ज्यान गएको विषयलाई लिएर आज मङ्गलवार पनि बयलवासका व्यापारीले  प्रदर्शन गरेका छन् । आज बिहानैदेखि उनीहरूले टायर बालेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनलाई रोक्ने क्रममा प्रहरी र प्रर्दशनकारीबीच झडपसमेत भएको छ । पीडित पक्षले घटनाको छानबिन हुनुपर्ने र दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गर्दै प्रदर्शन गरेपछि प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएको हो । प्रदर्शनमा निस्किएका स्थानीय व्यापारीमाथि प्रहरीले १२ भन्दा धेरै अश्रुग्यासको सेल प्रहार गरेको छ ।
गएकाे आइतवार राति इलाका प्रहरी कार्यालय बयलवासको जीपले स्थानीय व्यापारी ३० वर्षीय रामकुमार महतोलाई ठक्कर दिँदा ज्यान गएको थियो । प्रहरीले  महतोको ज्यान गएपछि घटना लुकाउन खोजेको र मृत्यु नै  शङ्कास्पद भएको भन्दै स्थानीय व्यापारीले टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।
हिजो साेमवार पनि आक्रोशित स्थानीय व्यापारीले प्रहरी कार्यालय घेराउ गर्नुको साथै इलाका प्रहरी कार्यालय हरिपुरको जीपमा समेत आगो लगाएका थिए ।  पीडित परिवारले घटनाको छानबिन नभएसम्म  शव नबुझ्ने अडान राखेकाे छ । मृतककाे शव पोस्टमार्टमपछि जिल्ला अस्पताल सर्लाहीमा राखिएको छ । 

प्रतिकृया दिनुहोस्