×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चोलेन्द्रकाे पक्षमा आज प्रदर्शन हुँदै, सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा

चोलेन्द्रकाे पक्षमा आज प्रदर्शन हुँदै, सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा

काठमाडौं- सर्वोच्च अदालत परिसरमा आज (मंगलबार) निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन हुने भएको छ । प्रदर्शन सूचना पाएपछि सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आज वीर गोर्खाली अभियान, एमाले निकट अनेरास्ववियु र १०० ग्रुपमा आबद्ध युवाहरूले प्रदर्शन गर्ने सूचनापछि प्रहरी परिचालन गरिएको हो ।

गतवर्ष जबराविरुद्ध नेपाल बारले गरेको प्रदर्शनको विरोधमा १०० ग्रुपले हस्तक्षेप गरेको थियो । यसपालि पनि त्यो हुन सक्ने सूचनापछि सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ

। निलम्बनकै अवस्थामा सर्वोच्च अदालत आएर कार्यभार सम्हाल्ने प्रयासमा जबरा छन् ।प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले जबरामाथि महाभियोग लगाउन ९ आधार र २ सुझावसहितको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाइसकेका छ । तर संसद नभएको अवस्थामा उक्त महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भएको जबराको दाबी छ ।

प्रतिकृया दिनुहोस्