×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टी–२० विश्व कप : श्रीलङ्का र अफगानिस्तान तथा इङ्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै

टी–२० विश्व कप : श्रीलङ्का र अफगानिस्तान तथा इङ्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै

काठमाडौं- टी–२० विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछ । आज श्रीलङ्का र अफगानिस्तान तथा इङ्ल्यान्ड र न्युजिल्यान्डबीच खेल हुनेछ । सुपर १२ को समूह ‘१’ का यी खेल अस्ट्रेलियाको ब्रिस्वेनमा हुनेछन् । आजको पहिलो खेलमा बिहान पौने १० बजे श्रीलङ्का र अफगानिस्तानबीच खेल हुनेछ । श्रीलङ्का र अफगानिस्तानको समान तीन खेलमा २ अङ्क छ । सुपर १२ मा आयरल्यान्डलाई हराएको श्रीलङ्का अस्ट्रेलिया र न्युजिल्यान्डसँग पराजित भएको थियो ।

त्यस्तै, अफगानिस्तान इङ्ल्यान्डसँग हारेको थियो भने न्युजिल्यान्ड र आयरल्यान्डसँग खेल वर्षाले प्रभावित हुँदा अङ्क बाँडेको थियो । आजको दोस्रो खेल इङ्ल्यान्ड र न्युजिल्यान्डबीच दिउँसो पौने २ बजे सुरु हुनेछ । तीन खेलमा ५ अङ्ककासाथ न्युजिल्यान्ड शीर्ष स्थानमा छ । समान खेलमा ३ अङ्ककासाथ इङ्ल्यान्ड अङ्क तालिकामा तेस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्