×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आजदेखि प्रदेशसभाको सिट बाँडफाँटबारे छलफलमा जुट्दै सत्ता गठबन्धन

आजदेखि प्रदेशसभाको सिट बाँडफाँटबारे छलफलमा जुट्दै सत्ता गठबन्धन

काठमाडौं- सत्ता गठबन्धन दलहरु प्रदेशसभाको सिट बाँडफाँटबारे छलफलमा जुट्ने भएका छन् । प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै आज (आइतबार) देखि प्रदेशसभाको सिट बाँडफाँटबाबारे छलफल गर्न थाल्ने भएका हुन् ।

गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला नेतृत्वको कार्यदलको पहिलो बैठक साउन २३ गते बसेको थियो । त्यसयता लगातार कार्यदलस्तरमा र शीर्ष नेतृत्व तहमा सिट बाँडफाँटबारे छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन ।

निर्वाचन आयोगले यही असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति तोकेकाले सिटबाँडफाँट टुंगो छिटो लगाउनुपर्ने दबावमा दलहरु छन् । 

प्रतिकृया दिनुहोस्