×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विद्युत् प्राधिकरणको गोदाममा आगलागी हुँदा करोडौँको क्षति

विद्युत् प्राधिकरणको गोदाममा आगलागी हुँदा करोडौँको क्षति

काठमाडौँ- हेटौँडामा रहेको नेपाल विद्युत् प्राधिकरणको गोदाममा गए राति आगलागी हुँदा सामानहरू जलेर नष्ट भएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ भैरव रोडमा रहेको नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय गोदाममा गए राति आगलागी भएको हो।

गोदाममा लागेको आगो प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र हेटौँडा उपमहानगरको दमकलले करिब २ घण्टापछि निभाएको थियो।

गोदाममा करेन्ट सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीबाट प्राधिकरणका धेरै सामान जलेर नष्ट भएको प्राधिकरणले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्