×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

रेशम चौधरी उपेन्द्र समूहतिरै

रेशम चौधरी उपेन्द्र समूहतिरै

जनता समाजवादी पार्टी (जसपा), नेपालका निलम्बित सांसद रेशम चौधरी उपेन्द्र यादव समूहमा खुलेका छन् । चौधरीले आफू आधिकारिक पार्टीमै रहेको र केन्द्रीय कार्यकारिणी सदस्य रहेको जसपाका प्रवक्ता डम्बर खतिवडाले बताएका छन् । खतिवडाले ट्वीटरमार्फत भनेका छन्- ‘माननीय रेशम चौधरीले फोनवार्तामार्फत व्यक्त गर्नुभएको इच्छा र तुल्सीलाल स्मृति भवनमा जारी जसपा बैठकको अनुमोदन मुताबिक चौधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहनुभएको प्रष्ट गर्न चाहन्छु ।’

गत साउन ११ गते निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएको थियो । सोही दिन आयोग पुगेका चौधरीले आफू तटस्थ रहेको बताएका थिए । आयोगमा यादवको पक्षमा ५१ सदस्यीय कार्यकारिणी सदस्यमा ३४ जना सदस्य खुलेका थिए ।

प्रतिकृया दिनुहोस्