युभेन्ट्सले ईटालियन कोपा ईटालियाको उपाधि जितेको छ । बुधबार राति एटलान्टालाई पराजित गर्दै युभेन्ट्सले घरेलु कपको उपाधि उचालेको हो । उपाधि भिडन्तमा युभेन्ट्सले एटलान्टालाई २-१ गोल अन्तरले पराजित गर्यो ।
खेलमा अग्रता युभेन्ट्सले ३१ औं मिनेटमा देजान कुलुसेवस्कीको गोलमा लिएको थियो । रुस्लान मालिनोवस्कीले ४१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ७३ औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै युभेन्ट्सलाई उपाधि दिलाएका हुन् ।
खेल सकिन दुई मिनेट अघि टालोई रातो कार्ड खादै मैदान बाहिरिएपछि एटलान्टा १० खेलाडीमा सिमित बनेको थियो ।
युभेन्ट्सले कोपा ईटालियाको उपाधि १४ औं पटक उचालेको हो । उसले सन् १९६३ पछि पहिलो पटक यो उपाधि हात पारेको हो। प्रशिक्षक आन्द्रे पिर्लोको नेतृत्वमा युभेन्ट्सले पहिलो उपाधि हात पारेको हो ।