×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चुनाव प्रचारप्रसारमा रोक लगाइयो : सागर ढकाल

चुनाव प्रचारप्रसारमा रोक लगाइयो : सागर ढकाल

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावका लागि डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचारप्रसार गर्न रोक लगाएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले  विभिन्न ठाउँमा प्रहरी, प्रशासनले आफूलाई रोक्ने गरेको आरोप लगाएका हुन् ।

उनले लेखेका छन् : ‘मलाई जोगाइदिनुस् – जनता गुहार्नु बाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचारप्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लङ्घन गर्दा आँखा बन्द गरेको प्रशासन मलाई हर्क साम्पाङ जस्तो गरी माइकिङ गर्न पनि दिइएको छैन । मलाई रोकेको छ ।’

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले भने चुनावी प्रचार गर्न कसैलाई नरोकिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत हेमप्रसाद ढकालले हिजो बेलुका विज्ञप्ति निकालेर आचारसंहिता पालना गरेर गरिने प्रचार कार्यमा अवरोध नहुने बताएका छन् ।

प्रतिकृया दिनुहोस्