काठमाडौँ - कोभ्याक्स सुविधा अन्तरगर्त शुक्रबार १ लाख ८८ हजार चार सय डोज मोडर्ना खोप काठमाडौं ल्यायएको छ ।
मोडर्ना खोप शुक्रबार दिउँसो खोप यूएसबाट काठमाडौं आइपुग्नेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ फार्मेसिस्ट बडेबाबु थापाले जानकारी दिनुभयो ।विश्व स्वास्थ्य संगठनले मोडर्ना खोप १२ वर्ष माथिको उमेर समूहलाई लगाउने अनुमति दिएको छ । यसअघि अमेरिकी फाइजर खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिइएको थियो ।
मोर्डना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । अहिलेसम्म नेपालले कोभिसिल्ड, भेरोसेल, एस्टाजेनेका, जोनसन र फाइजर खोप लगाइएको छ ।
नेपालमा अहिलेसम्म एक करोड ८८ लाख ६२ हजार २१६ मात्र खोप लगाइसकिएको छ । जसमध्ये एक करोड दुई लाख ४८ हजार ३६७ जनाले एक मात्रा लगाएका छन् भने ८६ लाख १३ हजार ८४७ जनाले पूर्णमात्रा खोप लगाएका छन् ।