काठमाडौ - नेपाली व्यावसायिक मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले भारतमा आयोजित प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ (एमएफएन) को बान्टमवेट उपाधि जितेका छन् ।
भारतको नोएडामा शनिबार राति सम्पन्न खेलमा ढाँटले तत्कालीन च्याम्पियन भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा नकआउट गर्दै ऐतिहासिक जित हासिल गरेका हुन् । यो जितसँगै ढाँटले आफ्नो व्यावसायिक करियरमा नवौं सफलता प्राप्त गरेका छन् र एमएफएनको च्याम्पियनसिप बेल्ट नेपाल भित्र्याएका छन् ।