×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरू

बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरू

काठमाडौँ- सत्ता गठबन्धनको बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा स्थानीय तहको निर्वाचन मितिबारे छलफल हुने जनाइएको छ ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालको भेटपछि गठबन्धन बैठक तय गरिएको थियो । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री सरकारी निवास (बालुवाटार) मा शुरु भएको हो । बैठकमा जनमोर्चाका प्रतिनिधि भने सहभागी छैनन् ।

एक नेताका अनुसार बैठकको मुख्य एजेन्डा स्थानीय तह निर्वाचन कहिले गर्ने भन्ने हो । यसअघि पाँच दलीय गठबन्धनले वैशाख वा असारलाई आधार मानेर त्यसको ६ महिनाभित्र चुनाव गर्ने लगभग सहमति जनाइसकेका छन् । त्यही सहमतिअनुसार बैठकले निर्वाचनबारे निर्णय गर्ने सम्भावना छ ।

प्रतिकृया दिनुहोस्