×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भारतीय राष्ट्रपतिसमक्ष राजदुत शर्माले गरे ओहोदाको प्रमाणपत्र प्रस्तुत

भारतीय राष्ट्रपतिसमक्ष राजदुत शर्माले गरे ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं- भारतका लागि नवनियुक्त नेपालका राजदूत डा. शङ्करप्रसाद शर्माले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसमक्ष आफ्नोे ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा बुधबार आयोजित विशेष समारोहका बीच शर्माले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।

ओहोदाको प्रमाणपत्र प्रस्तुतीकरणपछि राष्ट्रपतिसँग भएको शिष्टाचार भेटमा डा. शर्माले भारतीय राष्ट्रपतिको व्यक्तिगत स्वास्थ्य, सुख, शान्ति र मित्रवत् जनताको निरन्तर प्रगति एवं समृद्धिको कामना गरेका छन् भने भारतीय राष्ट्रपतिले पनि डा. शर्मालाई स्वागत बधाई ज्ञापन गरेका छन्।

राजदूत शर्माले नेपाल र भारतबीचको सहयोगात्मक सम्बन्धलाई उचाइमा पु¥याउन आफू तत्पर रहेको बताए।

प्रतिकृया दिनुहोस्