×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गैरकाेभिड बिरामीलाई भर्ना गर्न अस्वीकार गर्ने हङकङका निजी अस्पतालमाथि अनुसन्धान सुरु

गैरकाेभिड बिरामीलाई भर्ना गर्न अस्वीकार गर्ने हङकङका निजी अस्पतालमाथि अनुसन्धान सुरु

एजेन्सी/हङ्कङ- सरकारी अस्पतालबाट स्थानान्तरण गरिएका गैर कोभिड बिरामीलाई भर्ना गर्न अस्वीकार गरेपछि हङ्कङका निजी अस्पतालहरूमाथि अनुसन्धान सुरु भएको छ । निजी अस्पतालले यस्तै रबैया देखाए उनीहरूमाथि अधिकारीहरूले कारबाही गर्ने प्राप्त विवरणहरूमा जनाइएको छ । 

‘निजी अस्पतालहरूले सहयोग नगरे सरकारले ‘जग्गा अनुदान’ सम्बन्धी कडा सर्तहरू लगाउन सक्ने र यो अन्तिम उपायहरू मध्ये एक मानिएको’ स्वास्थ्यमन्त्री लो चुङ–माउले बताए ।

सरकारी अस्पतालबाट रिफर गरिएका १० विरामीमध्ये करिब २० देखि ३० जनालाई मात्र निजी अस्पतालमा भर्ना गरिएको छ । सरकारी अस्पतालका बिरामीका लागि १३ वटा निजी अस्पतालले ३६४ शैया छुट्ट्याउने वाचा गरे पनि पाँचवटा मात्रै ६० प्रतिशत लक्ष्य पूरा गरेका छन् । सरकारले केही गैर कोभिड बिरामीहरूको स्थानान्तरणमा लगभग ५१० डलर अनुदान दिँदै गर्दा निजी अस्पतालहरूको अनिच्छाले उनीहरूको नियतिमाथि प्रश्न खडा गरेको छ । 

प्रतिकृया दिनुहोस्