×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने धादिङका आशिष कुँवर समेत दुई जना पक्राउ

अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने धादिङका आशिष कुँवर समेत दुई जना पक्राउ

धादिङ -पुरानो बानेश्वरको मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती रकम मागेको अभियोगमा धादिङका आशिष कुँवर, उनको भाई अभिषेक कुँवर र होटल व्यवसायी रोल्पा घर भएका अम्बरबहादुर रोकालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अनुसार पक्राउ परेकामध्ये आशिषले सोही अस्पतालमा आँखाको शल्यक्रिया गराएका थिए । त्यसक्रममा उनी अस्पताल प्रशासन र डाक्टरहरुसँग परिचित भएका थिए ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार डाक्टरको नम्बरमा फोन र म्यासेज गरेर उनीहरुले पटकपटक अस्पतालमा बम राख्ने धम्की दिँदै आएका थिए । अस्पताल र घर परिवार सुरक्षित राख्ने भए ३ करोड तयार गर्नु भनेर उनीहरुले धम्की दिएको अडियो पनि प्रहरीले फेला पारेको छ ।

प्रहरीका अनुसार कुँवरले एक सहकारीबाट १७ लाख रुपैयाँ ऋण लिएका थिए । तर चुक्ता गर्न सकेनन् । कुँवर दाजुभाइले बेल्जियम जान पनि ‘एप्लाई’ गरेका थिए । तत्काल तिर्नुपर्ने रकम थिएन । ‘आर्थिक समस्यामा परेका कारण तीन जनाले गलत बाटो रोजेको देखिन्छ’ ।

प्रतिकृया दिनुहोस्