×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

बजेटमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने लोसपाका नेतालाई प्रधानमन्त्रीको आश्वासन

बजेटमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने  लोसपाका नेतालाई प्रधानमन्त्रीको आश्वासन

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा छलफल भइरहेको बजेटमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएको लोकतान्त्रिक समाजवादीका नेताहरूले जानकारी दिएका छन् ।

सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका लोसपाका नेताहरुसँग प्रधानमन्त्री देउवाले बजेटमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएका हुन् ।   ‘आज हामी बालुवाटार पुगेका थियौँ । प्रधानमन्त्रीज्यूले बजेटलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिनुभएको छ,’ लोसपा नेता शरदसिंह भण्डारीले भने ।

लोसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारीसहितका नेताहरुले प्रधानमन्त्रीलाई भेटेर आफूहरुले बुझाएको ११ बुँदे मागसहितको ज्ञापनपत्रका विषय ध्यानाकर्षण गराएका छन् । उनीहरुले तत्काल नागरिकताको समस्या समाधान गर्न गरेको आग्रहलाई स्वीकार्दै प्रधानमन्त्री देउवाले नागरिकता विधेयक ल्याइहाल्ने बताएका भण्डारीले बताए । साथै जेल जीवन बिताइरहेका आफ्ना नेता रेशम चौधरीलाई कारागारमुक्त गराउन पनि उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।   तराई मधेश संयुक्त बजेट कटौतीको विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको नेता भण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्