नेपाली कांग्रेसको सभापतिमा उठ्ने तयारी गरिरहेका केन्द्रीय सदस्य शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।
पौडेललाई भेट्न कोइराला सोमबार उनकै निवास बोहराटार पुगेका थिए । उनीहरूबीच भदौमा हुने कांग्रेसको महाधिवेशनबारे कुराकानी भएको थियो ।
भेटका क्रममा पौडेल र कोइरालाले एकअर्कालाई महाधिवेशनमा सहयोग मागेका थिए । पौडेल र कोइराला दुबै कांग्रेसको भावी सभापति उठ्ने तयारी गरिरहेका छन्।