×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

द्वन्द्वकालीन मुद्दा उचालेर सभामुखमाथि आक्रमण गर्नु प्रतिक्रियावादी षडयन्त्र : प्रचण्डको सचिवालय

द्वन्द्वकालीन मुद्दा उचालेर सभामुखमाथि आक्रमण गर्नु प्रतिक्रियावादी षडयन्त्र : प्रचण्डको सचिवालय

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार भित्रका द्वन्द्वकालीन मुद्दालाई उचालेर सभामुखमाथि आक्रमण गर्नु प्रतिक्रियावादी षडयन्त्रको गम्भीर अभिव्यक्ति भएको बताएको छ । 

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो कार्य शान्ति, संविधान र समृद्धिको नेपाली मौलिक बाटोलाई ध्वंस गर्ने, परिवर्तनको मार्गबाट देशलाई विचलित गराउने र मुलुकलाई बहुआयामिक द्वन्द्वतिर धकेल्ने उद्देश्यद्वारा प्रेरित भएको उल्लेख गरेका हुन् ।

जनयुद्ध, जन–आन्दोलन, विस्तृत शान्ति सम्झौता, संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र हुदै नयाँ संविधानमार्फत संस्थागत हुदै गरेको नेपालको राजनैतिक परिवर्तनलाई ध्वस्त पार्न सुरु देखिनै एकथरी शक्तिहरु सकृय रहदै आएका तिनै शक्तिहरु अहिले सभामुख सापकोटामाथि खनिएको उनले उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘यो विषय सामान्य छैन । यो राष्ट्रिय सिमाबाट मात्र निर्देशित पनि छैन । यसले लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिलाई विभाजित गर्ने, क्रान्तिकारी जनसमुदायलाई अलगावमा पार्ने र देशलाई परिवर्तनको मार्गबाट पछाडी धकेल्न चाहन्छ । यसबाट उत्पन्न हुने दुरगामी परिणामको आकलन गरी नियोजित रूपमा खडा गरिएका षडयन्त्रका तानाबानाको अझ बढी एकतावद्ध भै जमेर प्रतिवाद गरौं ।’

0

प्रतिकृया दिनुहोस्