×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बाग्मती

नदीमा हाम फालेका युवकको जीवितै उद्धार

नदीमा हाम फालेका युवकको जीवितै उद्धार

चितवन -चितवनको भरतपुर महानगरपालिका- ३ पुल्चोकस्थित पुलबाट नारायणी नदीमा हाम फालेका युवाको उद्धार भएको छ ।

खैरहनी नगरपालिका- ९ बस्ने २० वर्षीय मनिष महतो उक्त नदीमा हाम फालेपछि खोजीमा खटिएको सशस्त्र प्रहरीको टोलीले जीवितै उद्धार गरेको हो ।

हाम फालेको जनाकारी पाएलगत्तै नारायणी किनारमा गोताखोरसहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल इमिडियट रेस्पोन्स टीम (आईआरटी) पोष्ट पुल्चोकले उनलाई घटनास्थलभन्दा करिब १ किलोमिटर तल नदीको बीचबाट जीवितै उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार उद्धारपश्चात उनलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ पठाइएको थियो ।

प्रतिकृया दिनुहोस्