×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

बालकाेट जानुअघि शीतलनिवास पुगे प्रधान मन्त्री

बालकाेट जानुअघि शीतलनिवास पुगे प्रधान मन्त्री

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधान मन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार (आज) साँझ प्रधान मन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् ।

उनीहरूबीच झन्डै एक घन्टा छलफल भएको थियो । प्रधान मन्त्री देउवाका सचिवालयकाअनुसार उनीहरूबीच समसामयिक राजनीतिक कुराकानी भएको हाे ।

भेटमा प्रधान मन्त्री देउवाले राष्ट्रपति भण्डारीले संसद्को अवरोध कसरी हटाउन सकिन्छ (?) भनेर जिज्ञासा राखेका थिए । त्यसमा राष्ट्रपति भण्डारीले गम्भीर छलफल गरेर समस्याको समाधान खोज्नुपर्ने र संसद्‌मा अवरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका थिए ।

उनीहरूबीच अहिले पेचिलो बन्दै गएकाे विषय एमसीसीबारे भने छलफल भएन । प्रधान मन्त्री सचिवालयले भन्यो, ‘एमसीसीको सन्दर्भमा छलफल भएन ।’

प्रधान मन्त्री देउवा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न बालकाेट जाँदैछन् । त्याेभन्दा अगाडि राष्ट्रपति भेट्न शीनल निवास पुगेका हुन् ।

 
 
 
 

प्रतिकृया दिनुहोस्