काठमाडौँ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेकाअनुसार बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची निर्धारण गर्नेछ । बैठकमा सभामुखसहित संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतकलगायत सहभागी हुन्छन् ।
आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक कार्यसूचीलगायत तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।