×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

म्यानचेस्टर डर्वीमा युनाइटेडको जित

म्यानचेस्टर डर्वीमा युनाइटेडको जित

काठमाडौँ-  इङलिष प्रिमियर लिग अन्तर्गतको म्यानचेस्टर डर्बी युनाइटेडले जितेको छ । शनिबार आफ्नो घरेलु मैदान ओल्ड टाफोर्डमा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

म्यानचेस्टर युनाइटेडको जितमा ब्रुनो फर्नानडेज र मार्कश राशफोर्डले एक एक गोल गरेका थिए । १-० गोलले पछि परेको अवस्थामा ब्रुनोले खेलको ७८औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए भने त्यसको चार मिनेटपछि राशफोर्डले गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यसअघि खेलको ६०औं मिनेटमा ज्याक ग्रीलिशले गोल गर्दै म्यानचेस्टर सिटीलाई अग्रता दिलाएका थिए ।

यो जितपछि म्यानचेस्टर युनाइटेडले महत्वपूर्ण तीन अंक हासिल गर्दै लिगमा तेस्रो स्थानमा उक्लिएको छ । युनाइटेडको १८ खेलमा ३८ अंक रहेको छ । त्यस्तै म्यानचेस्टर सिटी १८ खेलमा ३९ अंकसहित युनाइटेडभन्दा एक अंक मात्र अगाडी रहेर लिगमा दोस्रो स्थानमा रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस्