×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने हुनु भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले सिंहदरबारबाट अपरान्ह ४ बजे सम्बोधन गर्न लाग्नुभएको हो ।
सरकारले शनिबार अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेको छ । प्रधानमन्त्रीको सम्बोधन पनि सोही विषयमा केन्द्रित हुने स्रोतले जनाएको छ ।

पछिल्लो समय विभिन्न क्षेत्रबाट सरकारलाई अध्यादेशबाट बजेट नल्याउन सुझाव आइरहेको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको अधिकांश पार्टीले आलोचना गरिहेका छन् । प्रतिपक्षी गठबन्धनले संसद् विघटन असंवैधानिक भनदै सर्वोच्चमा रिटसमेत हालेका छन् ।

प्रतिकृया दिनुहोस्