×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माई सेकेण्ड टिचरद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख रुपैयाँ प्रदान

माई सेकेण्ड टिचरद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख रुपैयाँ प्रदान

माई सेकेण्ड टिचरले नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख र डेब्यु खेलाडीलाई जनही १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

गत वैशाखमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच सम्पन्न भएको त्रि-देशीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीलाई माई सेकेण्ड टिचरले बिहीबार प्रोत्साहन र सम्मानस्वरुप सो रकम प्रदान गरेको हो ।

प्रतियोगिताको फाइनलमा घोषणा गरिएको सो पुरस्कार निषेधाज्ञाका कारण रोकिएकोमा एक समारोहका बीच बुधबारमात्रै रकम हस्तान्तरण गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, कीर्तिपुरमा आयोजित उक्त प्रतिस्पर्धात्मक सिरिजमा मलेसिया र नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल सिरिजको शीर्ष स्थान हासिल गर्न सफल भएको थियो ।

प्रतिकृया दिनुहोस्