काठमाडाैँ- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले फाेहाेर व्यवस्थापन चुनाैतीकाे विषय बनिरहेकाे बताएकी छन् । बिहीबार टुकुचा खोलाको पानी प्रशोधन केन्द्र निर्माणको शिलान्याश गर्दै मन्त्री झाँक्रीले यस्ताे बताएकी हुन् । ‘फाेहाेर व्यवस्थापन गर्नका लागि अतिरिक्त खर्च लागिरहेकाे छ,’ मन्त्री झाँक्रीले भनिन्, ‘याे सुल्टाे बाटाे हिँडेकाे हाेइन हामीले, तर याे हाम्राे बाध्यता हाे ।’
यस्तै उनले काठमाडाैँ उपत्यकाका अन्य पालिकाहरूले पनि फाेहाेर व्यवस्थापनलाई उच्च प्राथमिकता दिएकाे भन्दै खुसी व्यक्त गरिन् । यसले ‘गरियाे भने हुने रहेछ’ भन्ने मान्यता स्थापित गरेकाे उल्लेख गर्दै मन्त्री झाँक्रीले भनेकी छन्, ‘अन्य पालिकाहरूमा पनि फाेहाेर व्यवस्थापनकाे विषय उच्च प्राथमिकतामा परेकाे देखिन्छ । याे राम्राे पक्ष हाे ।’