×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रधानमन्त्रीमा देउवाको पक्षमा जुट्यो बहुमत, १४९ सांसद्को हस्ताक्षरसहित शितलनिवास

प्रधानमन्त्रीमा देउवाको पक्षमा जुट्यो बहुमत, १४९ सांसद्को हस्ताक्षरसहित शितलनिवास

नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमाभित्रै बहुमत जुटाएर नयाँ सरकार गठनको दाबी पेश गर्न राष्ट्रपति कार्यालय शितलनिवास प्रस्थान गरेको छ ।

शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको नेताहरुको छलफलपछि देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सारेर सरकार गठन गर्न बहुमत जुटाउने प्रयासलाई तीव्रता दिइएको थियो । सोही अनुसार विपक्षी गठबन्धनले सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेका हुन् ।  विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दाबी गरेका छन् । स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै हस्ताक्षर संकलन गरिएको हो ।

 शुक्रबार बिहानदेखि विभिन्न तहमा भएका छलफलमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव समूह र एमालेकै माधवकुमार नेपाल समूहका सांसदहरुको हस्ताक्षरमा प्रधानमन्त्रीको दावा प्रस्तुत गर्ने तयारी भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्