×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माघ ९ गतेपछि हुने त्रिविका परीक्षा स्थगित, इन्ट्रान्स नरोकिने

माघ ९ गतेपछि हुने त्रिविका परीक्षा स्थगित, इन्ट्रान्स नरोकिने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित गरिएको छ । त्रिवि र अन्तर्गतका आंगिक क्याम्पसले गर्न लागेका सम्पूर्ण सेमेष्टर र वार्षिक परीक्षाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

केन्द्रीय परीक्षा सञ्चाललक समितिको बैठकले यस्तो निर्णय गरेको हो । तर शुक्रबार र शनिबार (भोलि र पर्सि) हुने प्रवेश परीक्षा लगायतका परीक्षा भने यथावत रहने त्रिभुवन विश्विवद्यालयका शिक्षाध्यक्ष प्रा. शिवलाल भुसालले  जानकारी दिए ।

प्रतिकृया दिनुहोस्