×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

‘बहुरुपी औरत’ भन्दै गरेको समीक्षाको कटाक्ष पूजालाई कि अरु कसैलाई

‘बहुरुपी औरत’ भन्दै गरेको समीक्षाको कटाक्ष पूजालाई कि अरु कसैलाई

 

काठमाडौं- गायिका समीक्षा अधिकारीले नायिका पूजा शर्मामाथि  कटाक्ष गरेकी छन् । सामाजिक संजाल फेसबुकमार्फत उनले पूजालाई ‘बहुरूपी औरत’ को संज्ञासमेत दिइन् ।

समीक्षाले लेखेकी छन्

‘‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेउ ।

हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ परेउ ।

आज फेरि आफ्नो फाइदाका लागि उतै तिर चाकडी गर्दै रहेछौ ।

बहुरूपी औरत ।’’

पल शाह जेल पर्दा पूजा शर्माले निर्माण गरेको फिल्म म यस्तो गीत गाउँछु २ रिलिज भएको थियो । त्यसबेला हल–हलमा पुगेर पुजाले रुवावासी गरेकी थिइन् । उनले पलको पक्षमा निकै बयानवाजीहरु पनि गरिन् ।

पल जेलबाट निस्केपछि भने पूजा उनीसँग चिढिइन् । पलले आफूलाई भाउ नदिएको भन्दै उनी असन्तुष्ट बनेकी थिइन् । पल शाहसँग टाढिएपछि उनी समीक्षासँग नजिकिइन् । उनले समीक्षासँग थुप्रै टिकटक भिडियो पनि बनाइन् ।

अहिले फेरि पल र पूजाको मिलन भएको छ । पूजा पलको बखान गर्दै हिँड्न थालेकी छ्न् ।

प्रतिकृया दिनुहोस्