धनगढी- कैलालीको धनगढीमा किशोर/किशोरी मृत फेला परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका-१० मा दुई जना किशोर/किशोरी मृत फेला परेका हुन् ।
१७ वर्षीय अनुप राना र १६ वर्षीया आकृति राना रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
एउटै दोपट्टाले सँगै पासो लगाएको अवस्थामा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।