काठमाडौं- सरकारले आगामी साउन १ बाट सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट नराख्नेलाई कारबाही गर्ने भनेपछि विरोध चर्किएको छ ।
सोमबार साँझ काठमाडौंको अनामनगरमा स्वतन्त्र युवाहरुको समूहले राँके जुलुस निकाले छन् ।
देशमा आर्थिक संकट भएको बेला अर्बौं रुपैंया इन्डियन कम्पनीलाई दिने र नेपाली जनतालाई खाली लुट्न खोजेको भन्दै उनीहरूले ‘हाम्रो भाषा (देवनागरीक लिपि) नेपाली भाषालाई कायम गर’लगायतका नारा लेखिएका ब्यानरसहित राँके जुलुस निकालेका हुन् युवाहरुले नेपाली भाषा मेटाउने खेल भएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । जनतालाई लुट्न पल्केका देशका माफियाहरुलाई ठेगान लगाउने बेला आइसक्यो भन्दै राके जुलुस बालेर प्रदर्शनमा उत्रिएका हुन्।
हचुवाको भरमा नेपाली जनतालाई लाद्न खोजिएको नीतिको बिरोध गर्नेछौ।
केहि सिमित ब्यक्ति अनि संस्थाको स्वार्थका लागि भन्दा पनि देशको हितका बारेमा सोच्न नेतृत्वलाई दबाब दिएका छन।