×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओलीलाई मैले टक्कर दिएपछि जथाभाबी बोलेर बरबराउन थाले : माधव नेपाल

ओलीलाई मैले टक्कर दिएपछि जथाभाबी बोलेर बरबराउन थाले : माधव नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी र देश विखण्डन गर्ने शक्तिसँग साँठगाँठ गरेको आरोप लगाएका छन् । उनले यसअघि ओलीलाई कसैले पनि टक्कर दिन सक्दैन भन्ने गरे पनि आफूले टक्कर दिएर देखाएको बताए ।

बिहीबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आलीलाई आफूले टक्कर दिएपछि ओली अहिले बोलाए जसरी जथाभाबी बोल्न र बरबराउन थालेको बताए । ‘टक्कर दिइसकेपछि अहिले तपाईँहरूले देखिरहनुभएको छ, बौलाएको, के के बोल्छन्, के के बोल्छन् । बरबराएको के के उटपट्याङ कुरा गर्छन्’, अध्यक्ष नेपालले ओलीले बोलेका सबै कुराको सङ्कलन निकाल्नुपर्ने बताए । उनले भने, ‘के के बोले अहिलेसम्म रु के-के गाली गलोजको भाषा प्रयोग गरे त्यो सबै ।’

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले ओलीका कुरा सबै झुठा हुने गरेको भन्दै आक्रोश, बदलाको भावना, अरूलाई अपमानित गर्ने प्रवृत्ति र आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति पहिलेका तानासाही शासकहरूमा जस्तै ओलीमा पनि रहेको बताए । ‘त्यही भएकाले एमालेले स्थानीय तह निर्वाचनमा ठूलो धक्का खाएपछि अहिले आएर ओलीले दक्षिणपन्थीहरू, राजा आउ देश बचाउ र देश विखण्डन गर्ने शक्तिसँग साँठगाँठ गरेका छन्’, अध्यक्ष नेपालको भनाइ छ ।

प्रतिकृया दिनुहोस्