×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोह सुरु

कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोह सुरु

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ ।
काठमाण्डौको भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन समारोह सुरू भएको हो । उद्घाटन समाराेहमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा पनि पुग्नुभएकाे छ । उहाँले केहीबेरमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।‘उत्साह, एकता, रूपान्तरणः सफल बनाऔँ १४ औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ कांग्रेसले १४ औँ महाधिवेशन गर्न लागेको हो ।
महाधिवेशनमा चार हजार सात सय प्रतिनिधि सहभागी छन् । उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेताहरुसँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका पाहुनाले पनि सम्बोधन गर्नुहुनेछ । उद्घाटनका लागि भृकुटीमण्डपको प्राङ्गणमा मञ्च तयार पारिएको छ ।
भृकुटीमण्डपमा चहलपहल बढेको छ । 

प्रतिकृया दिनुहोस्