×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

लुम्बिनी प्रदेश

कपिलबस्तुमा बस दुर्घटना हुदाँ १८ जना घाइते

कपिलबस्तुमा बस दुर्घटना हुदाँ १८ जना घाइते

बुटवल - शनिवार(आज) बिहान कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसवासामा यात्रुबाहक बस  सडकमा पल्टिँदा १८ जना यात्रु घाइते भएका छन्। 
काठमाडौंबाट यात्रु लिएर रुकुमतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ तर्फ पल्टिदा बसमा सवार १८ जना घाइते भएको प्रहरीले जनाएको छ। बसमा ३१ जना यात्रु सवार थिए । 

१८ जना मध्ये ५ जना स्थानीय अस्पतालमा उपचार भइरहेको र १२ जनालाई  लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको  कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्