×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

गण्डकी र लुम्बिनी प्रदेश प्रमुखद्वारा शपथ ग्रहण

गण्डकी र लुम्बिनी प्रदेश प्रमुखद्वारा शपथ ग्रहण

गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश प्रमुखले सपथग्रहण गरेका छन् । बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा एक समारोहका बीच गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई शपथ ग्रहण गराएकी हुन् ।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नीप्रसाद सापकोटालगायतको उपस्थिति रहेको थियो । राष्ट्रपति भण्डारीले मंगलबार सरकारको सिफारिसमा गुरुङ र शेरचनलाई संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पदमा नियुक्त गरेकी थिइन् । गुरुङ र शेरचन दुवैजना चितवनका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशमा सीताकुमारी पौडेललाई हटाएर गुरुङ र लुम्बिनी प्रदेशमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको थियो । गुरुङ कांग्रेस र शेरचन माओवादी केन्द्रको कोटाबाट प्रदेश प्रमुख नियुक्त भएका हुन् ।

शेरचन करिब तीन महिनाअघिसम्म गण्डकी प्रदेशको प्रमुख थिए । उनी ०७४ को आमनिर्वाचनपछि बनेको केपी ओली नेतृत्वको नेकपा नेतृत्वको सरकारको सिफारिसमा गण्डकी प्रदेश प्रमुख भएका थिए । नेकपा विभाजनका कारण उनलाई ओली सरकारले २० वैशाख ०७८ मा पदमुक्त गरेको थियो ।

 
 

प्रतिकृया दिनुहोस्