काठमाडौं - युइएफ़ए च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले पहिलो खेलमा फराकिलो जित निकालेको छ । फराकिलो जित हात पार्ने क्रममा बार्सिलोनाले बेल्जियम क्लब रोयल एन्टवेर्पलाई ५-० ले पराजित गरेको छ । घरेलु मैदानमा बार्सिलोनाको जितमा जोओ फेलिक्सले २ तथा रोबर्ट लेवान्डोस्की र गाभीले समान १/१ गोल गरे ।
खेलको ११ औं मिनेटमा फेलिक्सको गोलमार्फत अग्रता लिन सफल भयो । १९ औं मिनेटमा रोबर्ट लेवान्डोस्की गोल गर्दै बार्सिलोनाको अन्तर दोब्बर बनाए । बार्सिलोनाका लागि २२ औं मिनेटमा एन्टर्वपेका बाटेइलीले आत्मघाती गोल उपाहार स्वरुप दिएका थिए । ५४ औं मिनेटमा गाभीले र ६६ औं मिनेटमा फेलिक्सले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई फराकिलो जित दिलाए ।जितसँगै समूह एच मा बार्सिलोना शीर्ष स्थानमा छ । पराजित एन्टवेर्प चौथो स्थानमा रहेको छ ।