काठमाडौं- एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली महिला टोली आज सोमबार बिहान स्वदेश फर्किएका हुन् ।
नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो । युएईविरुद्धको पहिलो सेमिफाइनल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको हो ।
समूह चरणमा समूह विजेता बनेको कारण युएई फाइनल पुगेको हो । युएईले मलेसियालाई हराएर उपाधि जितेको थियो । सेमिफाइनलबाट बाहिरिएपछि नेपाल एसिया कप क्रिकेटमा छनोट हुन असफल भएको थियो ।