×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

साबिक विजेता इंग्ल्याण्डलाई स्तब्ध पार्दै अफगानिस्तानको ऐतिहासिक जीत

साबिक विजेता इंग्ल्याण्डलाई स्तब्ध पार्दै  अफगानिस्तानको ऐतिहासिक जीत

काठमाडौं - एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले सनसनीपूर्ण नतिजा निकालेको छ । आईतबार अफगानिस्तानले ईङ्ल्याण्डलाई ६९ रनले हराएको छ । 

विश्वकपमा पहिलो स्तब्धपूर्ण नजिता निकाल्ने क्रममा अफगानिस्तानले विश्वकप विजेता ईङ्ल्याण्डलाई शिकार बनाएको हो । 

प्रतियोगितामा अफगानिस्तानको पहिलो जित हो । समान ३ खेल खेलेका दुवै टिम मध्य ईङ्ल्याण्डको दोस्रो हार हो ।

सुरुआती ब्याटिङ गरेको अफगानिस्तान निर्धारित ओभरमा १ बल बाँकी छदै २ सय ८४ रनमा अलआउट भएको थियो । ओपनर रहमानुल्लाह गुरबाजले ८० रन बनाएको इनिङ्समा इकरम अलिखिलले ५८ रन बनाएका थिए । मुजिब उल रहमान र इब्राहम जर्दानले समान २८ रनको योगदान दिएका थिए । अन्यको प्रर्दशन खासै उल्लेख्य रहन सकेको थिएन । 

इङ्ल्याण्डका आदील रसिदले सर्वाधिक ३ तथा मार्क उडले २ विकेट लिएका थिए । जोए रुट, लियाम लिविगस्टोन र रिस टोप्लेले समान एक एक विकेट हात पारेका थिए ।

२ सय ८५ रनको लक्ष्य पछ्याएको ईङ्ल्याण्ड भने ४० दशमलव ३ ओभरमा मात्र २ सय १५ रनमा अलआउट भयो । ह्यारी ब्रोकले ६६ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानको राम्रो प्रर्दशन रहेन । डेविड मालनले ३२ रन बनाएका थिए ।

ईङ्ल्याण्डलाई सस्तैमा समेट्न मुजीर अल रहमान र रासिद खानले समान ३ विकेट लिएका थिए । मोहमद नाबीले २ तथा फजलहक फारुकी र नवीन उल हकले समान एक एक विकेट हात पारे ।

अफगानिस्तानले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । भने ईङ्ल्याण्ड तेस्रो खेलमा आएर पराजित बनेको हो । 

प्रतिकृया दिनुहोस्