×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यौन हिंसाका पीडितलाई अब राज्य कोषबाटै क्षतिपूर्ति

यौन हिंसाका पीडितलाई अब राज्य कोषबाटै क्षतिपूर्ति

काठमाडौं- यौन हिंसामा परेकाहरुलाई अब राज्य कोषबाट क्षतिपूर्ति दिइने भएका छन् । प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले यौन हिंसामा परेकाहरुलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेको हो । समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।

समितिले यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको बिधेयकमा हिंसा पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने सहमति जुटाएको हो । उक्त सहमित अनुसार अब यौन हिंसाका पीडकलाई गरिएको जरिवाना राज्यकोषमा जम्मा हुने छ ।

प्रचलित व्यवस्था अनुसार पीडितलाई पीडकबाट नै क्षतिपूर्ति दिलाउने व्यवस्था थियो । यो व्यवस्थाका कारण पीडकले ‘मैले दिएको पैसा खाएर बसेको’ भन्ने सुनिएको र यसले पीडितलाई थप पीडा हुने र अपहेलित महसुस हुने भन्दै सांसदहरुले यसमा पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनु पर्ने प्रस्ताव गरेका थिए । त्यसमा समितिका सबै सदस्यले एक मत भएका हुन् ।

 

प्रतिकृया दिनुहोस्