×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘साइबर सर्कल’ बनाउँदै अध्यक्ष ओली

‘साइबर सर्कल’ बनाउँदै अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कल घोषणा गर्दैछन् । उनले बुधवार राष्ट्रिय सभागृह भृकुटीमण्डपमा यसको घोषणा गर्ने युवा संघ नेपालले जनाएको छ । सामाजिक सञ्जालमा पार्टी गतिविधिलाई प्रचार गर्न साइबर सर्कल बनाइने भएको हो ।

अध्यक्ष ओलीले पटकपटक कार्यकर्ताहरुलाई एमालेविरुद्ध बोल्नेहरुमाथि साइबर आक्रमणमा उत्रिन निर्देशन दिँदै आएका छन् । घोषणा सभामा एमाले सचिव प्रदीपकुमार ज्ञवाली, राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतलगायतको उपस्थिति हुनेछ ।

 

प्रतिकृया दिनुहोस्