×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भारतमा एकैदिन थपिए सवा ३ लाख संक्रमित, ४९१ जनाको मृत्यु

भारतमा एकैदिन थपिए सवा ३ लाख संक्रमित, ४९१ जनाको मृत्यु

काठमाडौँ- छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहरमा दैनिक संक्रमितको संख्या बढिरहेको छ । त्यहाँ स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख १७ हजार ५३२ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने ४९१ जनाको मृत्यु भएको हो ।

भारतमा दैनिक संक्रमित दर परिक्षण गरिएको संख्याको १६.४१ प्रतिशत रहेको छ । त्यस्तै भारतमा एकै दिन २ लाख २३ हजार ९९० जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका केसहरू पनि बढिरहेका छन् । अहिलेसम्म भारतका २७ राज्यमा ओमिक्रोन भेरिएन्टका ९२८ केसहरू रिपोर्ट गरिएको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म ओमिक्रोनबाट एक जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको कुल संख्या १९० लाख नाघेको छ । अहिले भारतमा १९ लाख २४ हजार कोरोनाका सक्रिय केस रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट कूल ४ लाख ८७ हजार ४९३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्