काठमाडौं- चितवनको नारायणगढ बजारस्थित कलमनगर चोकमा आगलागी भएको छ । भरतपुर महानगरपालिका–३ स्थित तुलसीराम सापकोटाको चारतले घरमा बिहान २ बजेबाट आगो लागेको प्रहरीले बताएको छ ।
विद्युत सर्ट भई आगो लागेको बताइएको छ । आगलागीबाट ६ पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीपछि भरतपुर महागरपालिका, खैरहनी नगरपालिका, कावासोती नगरपालिका र नेपाली सेनाको दमकलले आगो नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।