×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

युवा पलायन भईरहेका छन्, अब गाउँमा बसौँ बसौँ लाग्ने वातावरण बनाउँछु : रामचन्द्र पौडेल

युवा पलायन भईरहेका छन्, अब गाउँमा बसौँ बसौँ लाग्ने वातावरण बनाउँछु : रामचन्द्र पौडेल

काठमाडौँ- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा अहिले प्रतिभा र श्रम शक्तिको पलायन द्रुत गतिमा भइरहेकोप्रति दुख व्यक्त गरेका छन्। उनले सबैलाई आफ्नै गाउँमा बसौँ बसौँ लाग्ने वातावरण बनाउनका लागि राजनीतिमा लागेको बताए।

उनले एक भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘नेपालमा अहिले प्रतिभा र श्रम शक्तिको पलायन द्रुत गतिमा भइरहेको छ। हाम्रा गाउँहरू रित्तिइरहेका छन्। हामीले हरेक गाउँमा मोटर, बिजुली, खानेपानी पुर्‍यायौँ त्यहाँ स्कुल र स्वास्थ्य चौकी बनायौँ। सबै सुविधा गाउँमा पुर्‍याए पनि गाउँ रित्तिन रोकिएको छैन।’ अहिले देशको सबैभन्दा ठुलो समस्या र चुनौती भनेकै युवा जनशक्तिलाई गाउँमा बस्ने वातावरण बनाउनु भएको औँल्याए।

‘गाउँमा बसौँ बसौँ लाग्ने वातावरण बनाउन म राजनीतिमा लागेको हुँ। त्यो सपना, आकाङ्क्षा र चाहना अहिलेसम्म पुरा हुन सकेको छैन। म त्यसलाई पुरा गर्नका लागि म फेरि चुनाव लडेको छु, ‘उनले भनेका छन्।

प्रतिकृया दिनुहोस्