चितवन- नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले पदाधिकारी सहमतिमै टुङ्गिने बताएका छन् । चितवनको सौराहास्थित पार्क सफारीमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘राम्रो हुँदैछ । सहमति हुँदैछ । सहमतिमै टुङ्ग्याउँछौँ ।’ अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कोर टीमसँग पार्कसफारी होटलमा छलफल गरिरहेका छन् ।