×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हिन्दी ‘प्रेमगीत ३’ असोज ७ मा नेपालमा पनि प्रदर्शन हुने

हिन्दी ‘प्रेमगीत ३’ असोज ७ मा नेपालमा पनि प्रदर्शन हुने

काठमाडौँ- ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा पनि प्रदर्शन हुने भएको छ । असोज ७ गते नेपाली र हिन्दी दुबै भर्सन एकै दिनमा प्रदर्शन हुने भएको हो ।

अहिले हिन्दी संस्करणको प्रचारका लागि भारतको पश्चिम बंगालमा रहेका निर्माता सन्तोष सेनले यसको पुष्टि गरे । ‘नेपाली वितरकसँगको सहमतिमै हिन्दी पनि ल्याउने निश्चित भएको छ,’ सेनले भने । 

‘मधेश बेल्टसँगै सिंगो कलाप्रेमी दर्शकको तीव्र मागलाई मध्यनजर गर्दै ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकैदिन लगाउने निर्णय गरेका छौं,’ सेनले भने, ‘टिजर, गीत र ट्रेलरबाट दर्शकले देखाउनुभएको मायालाई ख्यालमा राखेका छौं ।’

प्रतिकृया दिनुहोस्