×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

न्युजिल्याण्डद्वारा २०-२० शृंखला माथि कब्जा

न्युजिल्याण्डद्वारा  २०-२०  शृंखला माथि कब्जा

एजेन्सी - घरेलु टोली न्युजिल्याण्डले एक खेल अगावै ट्वान्टी ट्वान्टी शृंखला माथि कब्जा जमाएको छ । बंगलादेशका सौम्य सरकारले तुफानी अर्धशतक प्रहार गरे पनि बर्षाले प्रभावित दोश्रो ट्वान्टी ट्वान्टी खेलमा बंगलादेशलाई डकवर्थ नियम अनुसार २८ रनले पराजित गरेको हो ।

आजको खेलमा जित हात पार्दा न्युजिल्याण्डले तीन खेलको शृंखलामा २-० को अग्रता लिन सफल भएको छ । यस अघि सम्पन्न पहिलो ट्वान्टी ट्वान्टी खेलमा न्युजिल्याण्डले बंगलादेश माथि ६६ रनको फराकिलो जित दर्ता गराएको थियो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले १७ दशमलब पाँच ओभरमा पाँच विकेट गुमाएर १७३ रङ बनाएको अवस्थामा वर्षा सुरु भए पछि उसको पारी त्यहिं सकिएको थियो ।

न्युजिल्याण्डको तर्फबाट ग्लेन फिलिप्सले अविजित रहँदै सर्वाधिक ५८ रन बनाए । १११ मा पाँच विकेट गुमाएर मध्यम योगफलमा खुम्चिन लागेको न्युजिल्याण्डको पारी सम्हाल्ने क्रममा ३१ बलको सामना गर्दै पाँच चौका र दुई छक्का प्रहार गरेका फिलिप्सले छैठौं विकेटका लागि ड्यार्ल मिचेलसँग मिलेर २७ बलमा अविजित ६२ रनको साझेदारी गरे । मिचेलले १६ बलमा अविजित ३४ रनको पारी खेले ।

वर्षाका कारण खेल रोकिंदा ओभर घट्न पुग्यो र बंगलादेशले १६ ओभरमा १७१ रनको लक्ष्य पाएको बंगलादेशले पुरै १६ ओभर खेल्दै सात विकेटको नोक्सानीमा १४२ रन मात्र जोड्न सक्यो ।

बंगलादेशको तर्फबाट सौम्य सरकारले आक्रमक पारी खेल्दै २५ बलमा अर्धशतक बनाए पनि आफ्नो टोलीलाई जित भने दिलाउन सकेनन् । २७ बल खेलेका उनले पाँच चौका र तीन छक्काको मद्धतमा सर्वाधिक ५१ रनको पारी खेले । त्यस बाहेक ओपनर मोहमद नैमले पनि ३८ रनको योगदान दिए ।

न्युजिल्याण्डका टिम साउथी, हमिश बेन्नट र एडम मिल्नेले समान २-२ विकेट हात पारे ।

प्रतिकृया दिनुहोस्